वीगन्ज । लकडाउनका कारण वीरगंज बसपार्कमा अलपत्र परेका यात्रु तथा बस कर्मचारीहरुको स्थितिबारे वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिएका छन ।
आइतवार बेलुकी बस पार्क पुगेर वीमनपाद्वारा नै व्यवस्थापन गरिएको अलपत्र परेकाहरुको लागि खानपानको अवस्था बारे मेयर सरावगीले जानकारी लिएका हुन ।
कोरोना भाइरसको महामारीबाट जोगिन नेपाल सरकारले लगाएको लकडाउनका कारण वीरगंज बसपार्कमा करिब ४५ जना यात्रु र कर्मचारीहरु अलपत्र परेका छन ।
उनीहरुलाई खानपान सहित बसपार्क मै बासको समेत विरगञ्ज महानगरपालिकाले व्यवस्थापन गरेको छ । मेयर सरावगी आफै बसपार्क पुगेर उनिहरुको खानपान र बासको व्यवस्था बारे जानकारी लिनुको साथै कुनै किसिमको अप्mठ्यारो हुन नदिन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन ।
प्रतिक्रिया दिनुहोस