aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छुट्न थाले कैदी बन्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
छुट्न थाले कैदी बन्दी

चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । 

सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै  १५ कैदी छुटेका हुन् । 

अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् । त्यसरी छुट्न पाउनेहरु यस कारागारमा ३८ जना रहेका छन् ।
  
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा  निवेदन दिएका छन् । 

अन्यले पनि घरपरिवारसँग सल्लाह गरिरहेको उनले जानकारी दिए । दुई सय २५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको कार्यालयमा हाल ७२७ कैदीबन्दी छन् । जसमध्ये ५६ महिला, ६७१ पुरुष र तीन आश्रित बालबालिका छन् । 
 

प्रतिक्रिया दिनुहोस