aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

औद्योगिक सर्वेक्षण र नमूना जनगणना स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
औद्योगिक सर्वेक्षण र नमूना जनगणना स्थगित

काठमाडौं । प्रत्येक दश वर्षमा औद्योगिक सर्वेक्षण हुने गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य कोरोना भाइरसका कारण स्थागित भएको छ ।  

जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक सर्वेक्षण काम प्रभावित भएको बताएको छ ।  

कार्यालय प्रमुख राजेश दासका अनुसार मकवानपुर र धादिङ जिल्लामा रहेको औद्योगिकको सर्वेक्षण यही फागुनबाट शुरु भई २०७७ वैशाखसम्म  पूरा गर्नुपर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण स्थगित गर्नु परेको बताइएको छ  ।  

सर्वेक्षणका लागि मकवानपुर र धादिङमा पाँचजना कर्मचारी खटाइएको थियो ।  नेपालमा औद्योगिक सर्वेक्षण २०२२ मा शुरु भएको सो कार्यालयले जनाएको छ  ।  

त्यस्तै सो कार्यालयद्वारा शुरु भएको नमूना जनगणना पनि स्थगित भएको छ । आगामी २०७८ मा हुने जनगणनाको नमूना जनगणना शुरु भएको थियो । सो नमूना जनगणना यही चैत मसान्तमा पूरा गर्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस