
काठमाडौं । नेपाल टेलिकमका महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस) र (किओएसके) मेसिनबाट हुने जनाएको छ । भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन÷मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका भिसा कार्ड मास्टर कार्डहरुबाट रिर्चाज गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज https://www.ntc.net.np/post/online-topup मा उपलब्ध गरिएको छ ।
हाल कोरोना भाइरस महामारीका कारण देश नै लकडाउन भएकाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकवर्गलाई कठिनाईलाई सभाधान गर्न यस्तो सेवा ल्याएको टेलिकमले जनाएको छ ।
मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको SCODE (सेक्युरिटी कोड) प्राप्त गर्नSCODE टाइप गरी १४१५ मा SMS पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१ XXXXXX मा रु. २०० ट्रान्सफर गर्न { *422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । ग्क्क्म् कोडको अलावा नेपाल टेलिकमको मोबाइल एपबाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।
यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट क्ःक् ब्भिचत को रुपमा प्राप्त हुन्छ । मोबाइल भुक्तानी सेवा : (MPOS) तथा KIOSK मेसिन
यस अन्तर्गत कम्पनीका आधिकारिक MPOS सेवा प्रदायकहरु (जस्तै: Stationery पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका KIOSK मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
भुक्तानी सेवाका APP हरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैस् eSewa, Khalti, IMEPay आदि) का APP हरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बैंकबाट Online Banking वा Mobile Banking को सुविधा लिई सोही Webpage वा Mobile APP प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।
बैंकका VISA/MASTER Card हरु
डेविट कार्ड, क्रेडिट कार्ड वा ब्त्ः कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ ।
सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति Expiry Date: MM/YY, कार्ड होल्डरको नाम र CVV (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी OK गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।
महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा USSD कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस