
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने घोषणा गरेको छ । सरकारले यसअघि नै भ्रमण वर्षलाई तत्काललाई स्थगन गर्ने निर्णय गरेको थियो । तर नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट कोरोना भाइरसको प्रभावका कारण नेपाल भ्रमण वर्ष २०२० औपचारिकरुपमा स्थगित गरिएको हो ।
सरकारले यो बर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएर २०२० को सुरुदेखि नै भ्रमण बर्ष मनाइरहेको थियो । सरकारले भ्रमण वर्ष नभइ अब भ्रमण दशकको अवधारणालाई अघि बढाउने तयारी गरेको छ ।
आगमी बैशाख १ गतेबाट भ्रमण बर्षको सचिवालय समेत विघटन गर्ने पनि बताईएको छ ।
प्रतिक्रिया दिनुहोस