aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पूर्व राजपरिवरले पनि कोरोना कोषमा २ करोड सहयोग गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
पूर्व राजपरिवरले पनि कोरोना कोषमा २ करोड सहयोग गर्यो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहाले कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा उपचार कोषमा २ करोड सहयोग गरेका छन् । पूर्वराजपरिवारको हिमानी कोष मार्फत नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गरेको हो ।

मंगलबार पूर्व राजा ज्ञानेन्द्र शाहको नामबाट एक विज्ञप्ति जारी गर्दै दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको उल्लेख छ ।
पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् । लकडाउन बाध्यात्मक अबस्था भएकाले पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस