aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना कहरः ४२ हजार बढिले ज्यान गुमाए, साढे ८ लाख संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
कोरोना कहरः ४२ हजार बढिले ज्यान गुमाए, साढे ८ लाख संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले विश्वभर ४२ हजार भन्दा बढिको ज्यान लिइसकेको छ । वल्डो मिटर डट इन्फोका अनुसार बुधवार विहानसम्म ४२ हजार १ सय ५८ जनाको मृत्यु भएको छ भने ८ लाख ५८ हजार ८८२ जना संक्रमित भएका छन् भने १ लाख ७८ हजार १ सय जना सन्चो भएर घर फर्किसकेका छन् ।

एकै दिन करिब ७२ हजार नयाँ संक्रमित थपिएका हुन्।

यसैगरी २४ घण्टाभित्र थप ४ हजार ३१६ को मृत्यु भएको हो। मृत्यु हुनेमा सबभन्दा बढी इटालीमा ८३७ रहेका छन् भने स्पेनमा ७४८ को ज्यान गएको छ। त्यस्तै अमेरिकामा एकै दिन ७४८ को मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस