aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विदेशबाट कर्णालीमा मत्रै आठ हजार व्यक्ति भित्रिएकाे खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
विदेशबाट कर्णालीमा मत्रै आठ हजार व्यक्ति भित्रिएकाे खुलासा

कर्णाली । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । 

प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो । 

मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ । कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४०० निगरानी कक्ष बनाइएको र हाल त्यसमा १९२ व्यक्तिलाई राखिएको उनले बताए । 

यहाँका १० वटै जिल्लागरी ५२५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उहाँको भनाइ छ । मन्त्री रावलले भने, “अहिले भने प्रदेश सरकारले यहाँका ७९ स्थानीय तह र प्रदेश सरकार गरेर दुई हजार ५२८ क्वारेन्टाइन, ३३९ आईसोलेसन, १७ आईसियु र सात भेन्टिलेटर स्थापना गरेको छ ।” 

नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, गाउँन, आईआर थर्मोमिटर, पञ्जा, ग्लोब, सर्जिकल एवं एन–९५ मास्कसमेत यहाँका सबै जिल्लामा पु¥याइ सकिएको उनले बताए । 

उनका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रीत भएपछि प्रदेश सरकार जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गर्न थालेको छ । 

दशै जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आईसोलेसन र जिल्लाको संरचनाको विवरण एकिन गर्न थालिएको र त्यही अनुरुप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीब्रता दिने प्रदेश सरकारले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस