
भारत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । भारतमा मात्रै अहिलेसम्म ५८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।
वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन २३ जनाले ज्यान गुमाएका छन् । यो संगै भारतमा मात्रै ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ भने १ हजार ९ सय ९८ जना संक्रमित बनेका छन् ।
चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ। बिहिवार विहानसम्म विश्वभर ४७ हजार २ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् ।
त्यस्तै, ९ लाख ३५ हजार ९ सय ६० जना यसबाट संक्रमित बनेका छन् भने १ लाख ९४ हजार ५ सय ७६ जना सन्चो भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस