aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यसरी यथार्थमा बदलिदैछ डब्लूएचओको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
यसरी यथार्थमा बदलिदैछ डब्लूएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनको महानिर्देशकले बुधवार सम्बोधनका क्रममा भने, ‘केही दिनमै कोरोना संक्रमितको संख्या १० लाख र मृत्यु हुनेको संख्या ५० हजार पुग्नेछ ।’ तर उनको त्यो केहि दिन आउँन थप २४ घण्टा नै काफि देखिएको छ । 

आज बिहिवार १२ बजे सम्ममा संक्रमितको संख्या ९ लाख ३७ हजार र ज्यान गुमाउनेको संख्या ४७ हजार २५१ पुगिसकेको छ । गएको २४ घण्टामा मात्र अमेरिकामा एक हजार भन्दा बढिको मृत्यु भएको छ भने २६ हजार भन्दा बढि त्यहाँ नयाँ संक्रमित फेला परेका छन् । यस हिसावले हेर्दा अबका केहि घण्टामै उनले भनेको त्यो संख्या पुग्ने देखिन्छ । 

डब्लूएचओ प्रमुखले अफ्रिका, मध्य र दक्षिण अमेरिकामा संक्रमितके संख्या कम देखिएपनि यसले गम्भिर सामाजिक, आर्थिक र राजनैतिक परिणामहरु भने देखिने कुरा ब्यक्त गरेका छन् । उनले भारतमा प्रधानमन्त्री मोदीले २४ मिलियन डलरको प्याकेज घोषणा गरेको, ८ सय मिलियन मानिसहरुलाई खाना, २ सय ४ मिलियन गरिब महिलाहरुलाई नगद र ८० मिलियन घरहरुलाई ३ महिनासम्म निशुल्क ग्यास उपलब्ध गराउने योजनाको प्रशंसा समेत गरेका छन् । 

डब्लूएचओले कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका छ । 
 

प्रतिक्रिया दिनुहोस