aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आयो

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । फ्रान्सबाट आएकी एक युवती र दुबईबाट आएका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो । 

दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । दोश्रो पटकको रिपोर्टमा पनि पोजेटिभ आएपछि उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस