aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना भाइरस: अष्ट्रलियामा गरियो सम्भावित भ्याक्सिनको परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
कोरोना भाइरस: अष्ट्रलियामा गरियो सम्भावित भ्याक्सिनको परिक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार अक्फोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोयिबो फर्मास्यूटिकल्सले बनाएको कोरोना भाइरस विरुद्धको सम्भावित भ्याक्सिनको जनावरमा सफल परिक्षण गरिएको छ । अहिले दुई प्रकारका भ्याक्सिनहरुको एकै साथ परिक्षण भईरहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

यदि यो भ्याक्सिन मानिसमा गरिएको परिक्षण पनि सफल भयो भने अष्ट्रेलियाको साइनस एजेन्सी यसको थप मुल्यांकन गर्ने काममा लाग्ने बीबीसीले आफ्नो रिपोर्टमा उललेख गरेको छ । 

गत महिना अमेरिकामा सिधै मानिसमा यस प्रकारको परिक्षण गरिएको थियो । जनावरमा परिक्षण गर्ने चरणलाई त्यसबेला छोडेको जनाईएको थियो । 

त्यसोत विश्वभर नै अहिले कोरोनजा भाइरस विरुद्धको भ्याक्सिन तयार गर्ने काम तिव्र गतिमा चलिरहेको छ । तर अष्ट्रेलियाको कमनवेल्थ साईन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गानाईजेशन (सिएसआइआरओ)ले यो पछिल्लो परिक्षणलाई पुर्णरुपमा प्रि क्लिनीकल ट्रायल पुरा गरेको परिक्षणको रुपमा व्याख्या गरिएको छ ।
 
अनुसन्धानकर्ताहरुका अनुसार यो अवस्थासममको विकासमाा सारा संसारबाट मिलेको सहयोगले यो चरणसममो सफलता हात परेको हो । 

सिएसआइआरओका डाक्टर राब ग्रेन्फेलले भनेका छन्, “सामान्यतया यो चरणसंग पुग्ने एक देखि २ वर्षको समय लाग्छ तर हामी मात्र २ महिनामा यतिको चरणमा आईुिगेका छौं ।”

यो भ्याक्सिनले कसरी काम गर्छ ? 
पछिल्ला केहि दिनहरुमा यो खोपको एक जातको न्याउरीमा परिक्षण गरिएको थियो । यस अघि नै के कुरा पत्ता लागिसकेको छ भने यो जनावरमा मानिसमा जस्तै गरि कोरोनाको संक्रमण देखिएको थियो । 

यसको पहिलो भ्याक्सिन अक्सोर्ट यूर्निभसिटीले विकास गरेको हो । यो कोरोना भाइरसको प्राटिन प्रतिरक्षा प्रणालीमा लगाईने गरियो । जसका लागि डिबेक्टिभ भाइरसको प्रयोग गरेर परक्षण गरिएको थियो । 

अर्को दोश्रो भ्याक्सिन चाँहि अमेरिकीन कम्पनीले विकास गरेको हो । यसेले अलिक फरक तरिकाले काम गर्छ । यसले चाँहि शरिरको प्रतिरक्षा प्रणालीमा कोरोना भाइरसको केहि प्रोटिनलाई इनकोड गर्ने काम गर्छ अनि शरिरका सबै कोषहरुलाई त्यस्तै प्रकारको प्राटिन उत्पादनका लागि उत्प्रेरित गर्छ । 

यो भ्याक्सिन सफल हुने सम्भावना धेरै छ किनभने यसले जसरी काम गर्छ त्यो धेरैनी भरपर्दो छ । 

कहिलेसम्ममा आउँछ नतिजा ? 
वैज्ञानिकहरुले बताए अनुसार जुन महिनाको सुरुवातमा जनावरमा गरिएको यो परिक्षणको नतिजा आईसक्छ । यदि यो नतिजा सकारात्मक आयो भने सो भ्याक्सिनलाई क्लिनीकल परिक्षणका लागि पठाईने छ । त्यसपछि बजारमा समेत पठाउने गरि यसको निर्माण प्रक्रिया अघि बढाईने छ । 

यस अघि नै पनि कम्तीमा एक बषैदेखि १८ महिना सम्म कोरोना भाइरस विरुद्धको भ्याक्सिन निर्माणमा समय लाग्ने बताईदै आएकोमा यस परिक्षणमा संलग्न अनुसन्धानकर्ताहरुले पनि यो भ्याक्सिनक परिक्षण सफल भएको खण्डमा समेत बजारमा आउन १८ महिना लाग्ने बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस