
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको हो ।
बुधबार बसेको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस