aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं । नेपालमा अर्को कोरोना नयाँ संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएकी बागलुङकी ६४ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण भेटिएको जानकारी दिएका हुन् । उक्त जहाजबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। जस मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको हो। 

प्रतिक्रिया दिनुहोस