
काठमाडौं । सिमामा अलपत्र परेका नेपालीलाई अविलम्ब स्वदेश ल्याउन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल मावन अधिकार संगठनले नेपालको सिमा वारी र पारी अलपत्र परेका नागरिकको आफ्नो गन्तब्यमा पुर्याउन सरकारसँग माग गरेको छ ।
नेपाल मानव अधिकार संगठनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारको ध्यानाकर्षण गरेको छ। संगठनले आम नागरिकहरुको गम्भीर चासोको विषयमा ९ बुँदे अपिल जारी गरेको हो ।
कोरोना भाइरसका कारण विश्वले नै प्रकोपको सामाना गरिहेकाले नेपालमा पनि यो प्रकोपको सामाना गर्न निजी अस्पताल तथा नागरिक समाज व्यापारी वर्गले इमान्दारिता पूर्वक काम गर्न संगठनले भनेको छ ।
निजी अस्पतालले अत्यावश्यक क्षेत्रको रुपमा रहेको अस्पतालमा विरामीको उपचार नगरेको प्रति गम्भिर ध्यानआकर्षण भएको जनाउदै आम मानिसको उपचारमा संलग्न हुने वातावरण निर्माण गर्न र उपचार नगर्ने अस्पताललाई अनिवार्य काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले जारी गरेको उक्त विज्ञप्तिमा दैनिक अत्यावस्यक उपभोग्य वस्तुहरुको आपूर्ति तथा व्यवस्थापनमा सरकारी उपस्थिति अनिवार्य गर्नु पर्ने लगायतका माग राखेको छ ।
प्रतिक्रिया दिनुहोस