
काठमाण्डौं । खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउन अनुरोध गरेको छ । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले लकडाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजेसम्म खाद्य सामाग्री वितरण संचालन गरिने बताए ।
कोरोना भाइरस ९कोभिड १९० महामारीका भएको लकडाउनका कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरुलाई महानगरिय प्रहरीले कार्यालयले खाद्य सामाग्री वितरण गरेको उनले बताए । बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत बिहीबार पाचौ दिन नेपाल बाल संगठन ९बाल मन्दिर० नक्सालमा वितरण गरेको छ ।
बालमन्दिरमा आश्रित १०० जना बालबालिका, नेपाल बाल संगठन सिफलमा आश्रित १०० जना, निस् सहाय सेवा सदन रहेका ३६ जना वृद्ध वृद्धाहरु, गोठाटारमा संरक्षित २२ जना बालवालिकाहरू, श्रृजनशील बाल सेवा परिवारमा आश्रित १८ जना उक्त खाद्य सामाग्री वितरण गरिएको छ ।
नेपाल स्नेही काख एकान्तकुनामा आश्रित ७५ जना, पिडित सेवा संघमा रहेका ९ जना, New Beginners Children Home काडाँघारीमा रहेका १० जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस