aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आफ्नो नाम जोडिएर आएको समाचारप्रति इसेवाको आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
आफ्नो नाम जोडिएर आएको समाचारप्रति इसेवाको आपत्ति

काठमाडौं ।  समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर समाचार प्रकाशन भएको प्रति खेद जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको जनाएको छ । 

इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणबाट ग्राहकलाई भुक्तानी सेवा सञ्चालन गर्दै आएको कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका समेत उल्लेख गरेको छ । 

विभिन्न अनलाइनमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाहपछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस