
काठमाडौं । कास्कीमा अर्का कोरोना संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । उनको थप परिक्षणको लागि नमुना काठमाडौं पठाउने तयारी भईरहेको सो अस्पताल सम्बद्ध सुत्रले जानकारी दिएको छ ।
तर, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोद विन्दु शर्माले संक्रमणको पुष्टि गर्न मानेनन् । उनले कोरोना संक्रमणको पुष्टि भएको सार्वजनिक गर्न एकद्धार प्रणाली भएकोले अहिले नै भन्न नमिल्ने बताए ।
यता, स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोनाको पोजेटिभ देखिएको विषयमा थप परिक्षण गरिने बताए । उनले अहिले नै पोखरामा संक्रमणको आशंका गरिएका व्यक्तिलाई संक्रमित भन्न नमिल्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस