
कोरोना भाइरसका कारण अहिले लाखौंँ मानिसलाई सास फेर्न गाह्रो भइरहेको छ । तर यही संक्रमणको कारण विश्वभरि लागेको लकडाउनले भने यो धर्तीलाई ठुलो फाइदा पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले सफा हावाको सास फेर्न पाई रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार करिब ७५ वर्ष पछि पृथ्वीमा यति सफा हावा देखिएको हो । यस अघि दोस्रो विश्व युद्धको बेला पृथ्वीको हावा सफा थियो ।
वैज्ञानिकहरूले भनिरहेका छन् कि पृथ्वीमा यति कम कार्बन उत्सर्जन दोस्रो विश्व युद्ध पछि यस्तो पहिलो पटक भएको छ । ग्लोबल कार्बन प्रोजेक्टका प्रमुख राब जैक्सनले भनेका छन्– यो वर्ष कार्बन उत्सर्जनमा ५ प्रतिशतको गिरावट आउने अपेक्षा गरिएको छ । यसअघि सन् २००८ मा आएको आर्थिक मन्दीको समयमा कार्बन उत्सर्जनको मात्रा बढेर १.४ प्रतिशत पुगेको थियो ।
तर आर्थिक मन्दी सकिने बित्तिकै ग्रिन हाउस ग्यास उत्सर्जनमा फेरि गिरावट आयो अनि कार्बन उत्सर्जन ५.१ प्रतिशतले बढ्यो । सबै भन्दा पहिले कोरोना देखिएको देश चीनमा लकडाउनका कारण कार्बन उत्सर्जनमा २५ प्रतिशत कमी आउँदा त्यहाँको पर्यावरणमा निकै राम्रो प्रभाव देखिएको थियो ।
जैक्सन क्यालिफोर्निया स्थित स्टेन फोर्ड यूनिर्भसिटिका प्रोफेसर हुन् । उनका अनुसार दोस्रो विश्व युद्धका बेला पनि कतिपय देशहरू बन्द थिए । बजार, यातायात, उद्योग सबै बन्द थिए । र हावामा प्रदूषणको स्तर एकदमै तल झरेको थियो ।
उनका अनुसार सोभियत सङ्घ विघटन हुँदा विश्व्यापीरुपमा देखिएको तेलको अभावका बेला पनि काबैन उत्सर्जनको मात्रा यति तल झरेको थिएन् । कोरोना भाइरसका कारण उत्पन्न विपदले दिएको यो एउटा खुसीको समाचार हो ।
तर प्रदूषणमा देखिएको यो कमी अस्थाई मात्रै हो भन्ने कुराले चाँहि वैज्ञानिकहरूलाई चिन्तित बनाई रहेका छ । हुन पनि जब लकडाउन खुल्छ त्यसपछि हामी उही प्रदूषित हावामा सास फेर्न बाध्य बन्नेछौँ । यो सिगैं धर्ती फेरि प्रदूषण युक्त सास फेर्नेछ । हामीले यसलाई बिस्तारै बिस्तारै कम र्गा आवश्यक भइसकेको छ ।
सयूक्त राष्ट्र सङ्घले गत वर्ष नोभेम्बरमा एक रिपोर्ट प्रकाशित गर्दै कार्बन उत्सर्जनमा कमी ल्याउनु पर्ने अपरिहार्यतामा जोड दिएको थियो । सो रिपोर्टका अनुसार कार्बन उत्सर्जनमा ७.६ प्रतिशतको गिरावट ल्याउन सके मात्र ग्लोबल वार्मिङलाई १.५ सेन्टिग्रेडले तल झार्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस