aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालमा थप तीन जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
नेपालमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफ्नो फेसबुक पेजमा दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्तरहेको बताईएको छ । 

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस