
काठमाडौं । नेपालमै रहेका एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु नाताकी महिलामा कोरोना संक्रमण देखिएको हो।
संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो।
उनमा कारोना भाइरसको संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनमा दुबईबाट आएका तिनै युवकबाट संक्रमण सरेको पुष्टि भएको छ । पहिलो पटक नेपालमै बसेका अर्थात् कुनै ट्राभल हिस्ट्री नभएकामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
संक्रमित महिलालाई प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको छ।
यसअघि संक्रमित ६ जना विदेशबाट आएका मात्रै थिए।
प्रतिक्रिया दिनुहोस