aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश

काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड १९) दोश्रो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विकास देवकोटाले नेपालमा स्थानीयमा संक्रमण फेला परेको हुदाँ अब यो संक्रमण दोश्रो चरणमा प्रवेश गरेको बताएका हुन् ।

देवकोटाका अनुसार हालसम्म विदेशबाट फर्किएका नेपालीमा मात्रै संक्रमण भेटिएकोमा आज मात्रै नेपालमै बसेका अर्थात् कुनै ट्राभल हिस्ट्री नभएको ३४ वर्षिया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो। 

उनले नेपालमा कोरोनाको संक्रमणको संख्या ९ पुगेको जानकारी दिए । जसमा एक जना निको भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् ।

नेपालमै रहेकालाई पहिलो पटक कोरोना संक्रमण, बिना लक्षण नै कोरोना पोजेटिभ

त्यस्तै, प्रवक्ता देवकोटाले शनिबार सम्म १ हजार ४ सय ४१ का  कोरोना भाइरस परीक्षण भएको बताए। कोरोनाको आसंकामा ७० जना आइशोलेसनमा राखिएको पनि उनले बताए।

त्यसैगरि, देवकोटाले १४ दिन क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएकाहरु पनि क्वारेन्टाइनमै बस्नुपर्ने बताएका छन् । उनले भने, ‘अहिले धेरैतिरबाट १४ दिन क्वारेन्टाइन बसेर पनि लक्षण नदेखिकाले अब के गर्ने भन्ने प्रश्न आएको छ। तपाई फेरि पनि क्वारेन्टाइनमै बस्नुपर्ने छ’ 

यस्तै देशका ६ ठाँउबाट कोरोना परिक्षण भइरहेको छ। मोबाइल एप्लेकसनबाट कोरोना परीक्षणका लागि आवेदन दिनेमध्ये १ सय २६ जना रेड जोनमा परेका छन्। 

प्रतिक्रिया दिनुहोस