
एजेन्सी । कोरोना भाइरसका कारण विश्वभरि महामारीको रुपमा विश्वभरीका मानिसहरु त्रसित छन भने यसबाट बच्नलाई आवश्यक पर्ने सामाग्रीको विश्वभरी नै अभाव भइहेको छ । भाइरसको संक्रमणबाट बच्न, मानिसहरूलाई सामाजिक दूरी कायम राख्न र मुखमा मास्क लगाउने सल्लाह दिइएको छ ।
अहिले जुन देशमा यी सामाग्री उत्पादन वा जगेडामा रहेका छन ति देशले यो दूखको बेलामा मनग्गै फाइदा उठाइहरेका छन् । बजारमा मास्कको माग द्रुत गतिमा बढेको छ । अहिले चीनमा यी बस्तुको भणडारण र उत्पादन बढी भइरहेको छ । तर अब चीनले यसलाई नगद बनाउँदै आफ्नै साथीहरुलाई समेत ठगी गरेको समाचार आउन थालेको छ । यसको पछिल्लो घटना मास्कको नाममा आफ्नै साथी पाकिस्तानलाई ठगिरहेको छ ।
पाकिस्तानमा मास्कको ठूलो मागलाई ध्यानमा राख्दै चीनले आफ्नो साथीलाई धोका दियो र अण्डरवेयर अण्डरवेयर बनाउने कपडाकोबाट बनेको मास्क निर्यात गरेको पाकिस्तानी सञ्चारमाध्यमले आरोप लगाएका छन् । चीनबाट पठाइएको मास्कहरू समाचार च्यानलहरूका मुख्य समाचारहरू बनिरहेका छन, चिकित्सकहरूले समेत तिनीहरूलाई प्रयोग गर्न मानेका छैनन ।
पाकिस्तान बाहेक युरोपका धेरै देशहरूले चीनबाट पठाइएको मास्कहरू गुणस्तरहिन रहेको गुनासो गरेका छन्। यसै कारणले नेदरल्याण्ड र स्पेनले चीनबाट मेडिकल आपूर्ति बन्द गर्ने निर्णय गरेको छ ।
संकटको घडीमा चीनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई सहयोग गर्ने प्रतिवद्धता गरेको थियो। सोशल मिडियामा, धेरै मानिसहरूले पाकिस्तानको मास्क सम्बन्धी ब्रेकिंग न्यूज र भिडियोहरू भाइरलत बनाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस