aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नौं ब्रोकर कम्पनीले जुटाए १० लाख रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
नौं ब्रोकर कम्पनीले जुटाए १० लाख रुपैयाँ

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नौं धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले  १० लाख रुपैयाँ रकम जुटाएका छन् । उक्त रकम ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज, ब्रोकर नम्बर ४३ साउथ एशियन बुल्स, ब्रोकर नम्बर ३७ स्वर्ण लक्ष्मी सेक्युरिटिज, ब्रोकर नम्बर २९ त्रिसुल सेक्युरिटिज रहेका छन् । 

 ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेष्टमेण्ट सेक्युरिटिज, ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिज, ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज र ब्रोकर नम्बर ४९ अनलाईन सेक्युरिटिजबाट जुटाएको एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जानकारी दिएका हुन । सहयोग संकलनको काम भैरहेकाले एकमुष्ट रकम उपचार कोेषमा जम्मा गर्ने उनले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस