
काठमाडौं । कोरोनको बिरामी जाँच्ने स्वास्थ्यकर्मीलाई संक्रमणबाट बच्नलाई नयाँ बुथको निर्माण भएको छ । नेपाल आविष्कार केन्द्रका परिकल्पनाकार वैज्ञानिक डा. महाविर पुनले स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणबाट बचाउन बनाएको आफ्नो फेसबुक पोष्ट गरेका छन् । उनले आजसम्म तीन वटा बुथको नमुना बनाएको दावी समेत गरेका छन ।
उनले आफ्नो फेसबुकमा भनेका छन, ुबिग्रेको भेन्टिलेटरहरु बन्दैछन,अरु जिल्लामा पनि त्यस्तै बुथहरु बनाउन चाहनेले सम्पर्क गरे हुन्छ । मैले फेसबुकमा देखेर पोष्ट गरे अनुसारको डाक्टरले सुरक्षित रुपमा कोरोनाको बिरामी जाँच्ने बुथको नमुना पोखरा, लतितपुर र काठमान्डूमा बन्यो ।ु काठमाडौंमा दिपकराज देवकोटाको टीमले बनाएको बुथको परीक्षण बीर अस्पतालको डाक्टरहरुले राष्ट्रिय आविष्कार केन्द्रमा आएर गरेको उनले बताए ।
त्यस्तै, पोखरा विश्व बिद्यालयका रवि भण्डारीको टीमले बनाएको बुथको परीक्षण गण्डकी अस्पतालको डाक्टरहरुले गरिरहेको समेत उनले बताएका छन । ललितपुरमा बिष्णु जंग बस्नेतको टीमले बनाएको बुथको परीक्षण आजबाट पाटन अस्पतालमा हुनेछ ।
परीक्षण पछि सकेसम्म भोलिबाट ति बुथहरु बीर अस्पताल, पाटन अस्पताल र गण्डकी अस्पतालमा संचालनमा आउने उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन । काठमाडौँको ट्रमा सेन्टरको बिग्रेको भेन्टिलेटरहरुमध्य शनिबार दुई वटाले काम गर्ने सम्भावना रहेको र बाँकी ३ ओटा पनि पार्टपुर्जा खोजेर बनाउने प्रयास गरि रहेका छन् ।
शनिबार धेरै बायोमेडिकल ईन्जिनियरहरु राष्ट्रिय आविष्कार केन्द्रमा आएर मर्मत गर्ने काम गरेको उनले जानकारी दिएका छन् । यसभन्दा पहिला डा. पुनले पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट(पीपीई) नेपालकै कच्चा पदार्थले निर्माण गरेर देशका विभिन्न अस्पतालमा पुर्याइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस