
एजेन्सी । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीसँग संघर्ष गरिेहेको बेलायतकी महारानीको दुर्लभ सम्बोधन आउको छ । ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने बताएकी छिन ।
बेलायकी महारानीबाट यस्तो सन्देशहरु कमै मात्रमा आउने गरेका छन् । महारानी एलिजाबेथले आफ्ना सम्बोधनमा सरकारले आवहान गरेको नियम मानेर घरमै बसेर सहयोग गरेकोमा प्रशंसा गरेकी छिन ।
बेलायतमा अहिलेसम्ममा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका्े छ । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना गरिएको छ । आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्याइएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस