aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेवि संघ त्रियुगा जनता वहुमुखी क्याम्पसको पहलमा राहत वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
नेवि संघ त्रियुगा जनता वहुमुखी क्याम्पसको पहलमा राहत वितरण

उदयपुर । नेवि संघ त्रियुगा जनता वहुमुखी क्याम्पस उदयपुर र  स्ववियु सभापति रोशन कार्कीको पहलमा विद्यार्थीलाई राहत वितरण गरिएको छ । विभिन्न क्षेत्रबाट आएर डेरामा बसेर अध्ययन गर्ने त्रि.ज.व क्याम्पस र बरुवा क्याम्पसमा विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।  

नेबि संघ उदयपुरका नेता तथा त्रि.ज.व.क्याम्पस स्ववियु सभापति रोशन कार्किले लकडाउनका कारण घर जान नपाएका विद्यार्थीहरुलाई राहत वितरण गरिएको बताए । 

उनले भने, ‘लकडाउनको बेलामा केही किनेर खानलाई पनि पसलहरु सबै बन्द रहेको बेला यसको मार विद्यार्थीमा परेकोले  नागरिकको हैसियतले सहयोग गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको हो ।’ 

सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नगद जम्मा गर्ने बाहेक व्यक्तिगत रुपमा सिधै जिन्सि नै सहयोग गर्ने पनि गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस