aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

र्‍यापिड टेस्ट गर्न  हिँड्यो काठमाडौँबाट टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
र्‍यापिड टेस्ट गर्न  हिँड्यो काठमाडौँबाट टोली

काठमाडौँ । कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि काठमाडौँबाट स्वास्थ्य प्रावधिकसहितको टोली हिडेको छ । बाग्लुङ, कैलाली र कञ्चपुरमा रहेका कोरोना आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि हिँडेको हो । 

काठमाडौँबाट गएको टोलीले त्यहाँका स्वास्थ्यकर्मीसँग समन्वय गरेर मंगलबारबाट ‘र्‍यापिड टेस्ट’ गर्ने काम गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही अनुसार प्रावधिकसहितको टोली पठाएको हो ।

प्रतिक्रिया दिनुहोस