aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

के लकडाउन बढाउला त मन्त्रिपरिषदको बैठकले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
के लकडाउन बढाउला त मन्त्रिपरिषदको बैठकले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

एक मन्त्रीका अनुसार आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको  बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । सो बैठकमा लकडाउनको समयावधि अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो । आजको बैठकले पनि कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस