
काठमाडौँ । सरकारले वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको कोभिड १९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।
योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो। कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस