aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

काडमाडौं । नोकिया ले हाल Covid 19 कोरोना भाइरसका कारण रिपेयर एण्ड रिटन्स सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टिमा ४५ दिनको म्याद थप गरेको छ । नोकिया फोनको वारेन्टी अवधी थप ४५ दिनको लागी लम्ब्याएको हो ।  यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टि म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टिमा लागू गरिएको छ । 

प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुने जनाएको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकका अनुसार नोकिया फिचर फोनहरु तथा नोकिया C1 स्मार्टफोन मा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको सुबिधा दिदैं आएको जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस