
काठमाडौं । प्रविधिका कारणले प्रकृतिक विपत्ती वा अन्य विपदमा सहयोग गर्दै विपद व्यवस्थापन सहज बनाइरहेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पीडित भइरहेको नेपालमा पनि कोरोना भाइरसबाट संक्रमितलाई व्यवस्थापन गर्न नयाँ एप प्रयोगमा ल्याइएको छ । कोरोना भाइरसको संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ।
सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा आएको हो। आइतबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेको उक्त एपले मानिसको लोकेस ट्याकिंग गर्न सहयोग गर्छ ।
एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइन्मा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। यो एपको सम्पूर्ण व्यवस्थापन र राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यबाट यो सम्भव भएको हो ।
‘होम क्वारेन्टाइन’ वा सार्वजनिक क्वारेन्टाइनमा राखेका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालिन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलर्ट’ सुनिने उनले बताए ।
क्वारेन्नटाइनमा बसेको मानिस क्वारेन्टाइनको नियम अनुसार बसेको छ वा छैन भन्ने सूचना सुरक्षा निकाय वा व्यबस्थापनलाई पठाउने गर्छ । आफ्नो नेपाल र प्रोऐमेर कम्पनीले निर्माण गरेको यो एपको निर्माण सहयोग स्मार्ट टेलिकमले गरेको छ । कोभिड १९ डट एनडी आरआरएमए डट जिओभी डटएनपीमा गएर यो एपमा जोडिन सकिने छ ।
वेव साइटको माध्यमबाट स्थलमार्थ तथा हवाईमार्गबाट आएका व्यक्तिहरुको विवरण, सामूदायिक क्वारेन्टाइनमा वा आफ्नै घरमा क्वारेन्टाइनमा बसेकाहरुको विवरण, उनीहरुको स्वास्थ्य अवस्था, आइसोलेसनमा भएका व्यक्तिहरुको विवरण, प्रत्येक जिल्लाबाट संकलन गरिएका स्वाव आदिको नेपाल भरीको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने छ।
एपले कसरी सहयोग गर्छ ?
यो मानिसको लोकेसनको निर्देनात्मक( coordinates) पहिलो पटक चलाउँदा यो एप सञ्चालनका लागि दर्ता गर्छ र सो मानिसको क्वारेन्टाइन निर्देशनात्मकको १८ मिटर (radius) भित्रमा बसेको छ वा छैन भनेर पत्ता लगाएर त्यो सूचना कन्टोल रुप र सुरक्षा निकायसम्म पुर्याउछ ।
यो एपले कसरी काम गर्छ ?
जब यो एपमा सूचना आउँछ तव एप खोलेर त्यहा अगाडि क्यामेरा खोल्ने विकल्पमा थिचेपछि यसले (Facial recognition) अल्गोरिजम प्रयोग गरेर त्यसबाट तपाईंको पहिचान गर्छ र तपाईको निर्देशन मिलेको छ भने तपाईको विस्तृत विवरण दर्ता गर्छ । यदि तपाईं आफ्नो क्यारेन्टाइनमा हुनुहुन्न भने तपाईलाई दर्ता गर्न दिदैन र सुरक्षकर्मी अथवा कन्टोल रुपमा पनि जानकारी पुर्याउछ ।
सरकारलाई कसरी सहगोग गर्छ ?
यो एपले सुरक्षाकर्मीको कामलाई स्वचालित गरिदिन्छ । यसले सुरक्षकर्मीलाई क्वारेन्टाइन कडाईको साथ लागू गर्न सहयोग गर्छ । सुरक्षा कर्मीले यसमा प्रयोग भएको हिट म्याप प्रयोग गरेर कुन ठाउँको क्वारेन्टाइनमा कति मान्छे छन भनेर थाहा पाउछन् । यसबाट सुरक्षाकर्मीलाई क्वारेन्टाइन व्यवस्थपनमा सजिलो बनाउछ ।
अन्यभन्दा युनिक यो एप चलाउन सजिलो छ भने साथ साथै एपबाट क्वारेन्टाइनमा बसेका मानिसहरुले सुरक्षाकर्मीहरुलाई सिधै म्यासेज पठाउन पनि सक्छन । सुरक्षाकर्मीले क्वारेन्टाइनमा बसेका मानिसहरुलाई एकै पटक अथवा एक एक गरि सूचना र सन्देश पठाउन सक्छन् ।
विपदमा एपले कसरी सहयोग गर्छ ?
यो एपले क्वारेन्टाइनमा बसेका मानिसहरुलाई ठिक समयमा ठिक सूचना दिन्छ । साथै क्वारेन्टाइनमा बुसेका मानिसहरुको लोकेसन ट्याक गरेर सहयाता दिन्छ । यो एपको सहयोगले सरकारले प्रत्यकको घरमा गएर छिटोभन्दा छिटो सहयोग पुयाृउन सक्छ ।
मोबाइल बन्द भए के हुन्छ ?
कुनै पनि मोबाइल सञ्चालकले यो एप दर्ता गर्नुभएको छ र उहाको मोबाइल वा इन्टरनेट नभए के हुन्छ ? यसको सूचना सुरक्षाकर्मी वा कन्टोल रुमलाई जान्छ ।
प्रतिक्रिया दिनुहोस