aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेलायती प्रधानमन्त्री आईसीयूमा , प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्यलाभको कामना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
बेलायती प्रधानमन्त्री आईसीयूमा , प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । बेलायती प्रधानमन्त्री  कोरोना भाइरस )कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर विरामी बनेपछि अस्पतालको आईसीयूमा सारिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा सघन उपचार कक्ष(आईसीयू)मा सारिएका जनाइएको छ । 

प्रधानमन्त्री बोरिस जोनसन टेस्टमा पोजेटिभ पाएपछि उनी २७ मार्चमा आइसोलेसनमा गएका थिए। तर आइतबार ५ अप्रिल साँझ उनी लन्डनको सेन्ट थॉमस अस्पतालमा भर्ना भए। उनको अवस्था बिग्रिएपछि उनलाई ६ अप्रिलको साँझ इन्टन्टियस केयर युनिट(आइसीयू)मा पठाइयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन। दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको (आइसीयू) मा भर्ना भएका थिए ।  प्रधानमन्त्री ओलीले मंगलबार  बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस