aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

क्‍वारेन्टाइनबाट एक युवक भागे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
क्‍वारेन्टाइनबाट एक युवक भागे

इलाम । अस्पतालको क्वारेन्टाइनमा निगरानीमा रहेका एक युवक भागेका छन् ।  इलाम नगरपालिका वडा ३ का एक युवा सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका सोमबार राति अस्पतालबाटै भागेका हुन् ।

भारतको सिलगुडीबाट आएका ती युवा सोमवार राती नै भागेका बताईएको छ । 

कोरोनाको प्रभाव देखिएको स्थानबाट आएकाले उनमा संक्रमण भएको हुन सक्ने आशंका गर्दै निगरानीमा राखिएको थियो। 

भारतबाट आएपछि उनी इलाम ५ बिब्ल्याँटेस्थित नातेदारको घरमा बसिरहेका थिए। उनको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो। उनको स्वाब नमुना परीक्षणका लागि पठाइएको छ। तर रिपोर्ट आउन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस