aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जो जहाँ छौँ त्यहिँ सुरक्षित भएर बस्न प्रधानमन्त्री ओलीको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
जो जहाँ छौँ त्यहिँ सुरक्षित भएर बस्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही आग्रह गरेका छन् । देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छौँ त्यही सुरक्षित रहनु मात्रै विकल्प भएको बताएका हुन् ।

उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्। कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।

ओलीले अबका दुई साता नेपालीका लागि अझै चुनौतीपूर्ण हुने बताएका छन्। उनले समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताएका छन्।

उनले नेपालको सीमावर्ती इलाकामा २ हजार १४७ नेपालीलाई भारतीयले व्यवस्थापन गरेको बताएका छन् । ७ सय भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गरिरहेको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस