
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।
उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको हो । कोरोना संक्रमित ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको बताइएको छ ।
उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । तर उनी सोमबार राति उपचाररत अस्पतालको सिसा फुटाएर भागेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस