
काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्डो मिटर डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार २६पुगेको छ ।
अहिलेसम्म विश्वभर १४ लाख ३० हजार भन्दा बढि कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख १ हजार ९७० उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भएतापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका र फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६०४ जनाको मृत्यु भएको छ भने ३ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ३५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ ।
सबैभन्दा बढी कोरोना संक्रमण हुने देश हो अमेरिका । अहिलेसम्म अमेरिकामा ४ लाख ३३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । मंगलवार मात्रै अमेरिकामा ३३ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १२ हजार ८४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा १ हजार ९७० जानको मृत्यु भएको छ ।
फ्रान्समा अहिलेसम्म कोरोनाका कारण १० हजार ३२८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै फ्रान्समा १ हजार ४१७ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । अहिलेसम्म १ लाख ९ हजारभन्दा बढी कोरोना संक्रमित भएको छन् ।
स्पेनमा अहिलेसम्म कोरोनाका कारण १४ हजार ४५ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७०४ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । स्पेनमा अहिलेसम्म १ लाख ४१ हजारभन्दा बढी कोरोना संक्रमित भएको छन् ।
कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी पनि रहेको छ । जर्मनीमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ६६३ पुगेको छ । त्यहाँ २ हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस