
वीरगन्ज । कारोना भाइरस र लामखुट्टेबाट बचाउनलाई विरगञ्ज महानगरपालिकाले सरसफाई,लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम र केमिकल युक्त पानिद्धारा सेनेटाइजको कार्यलाई पनि तिब्रता दिएको छ । लामखुटे मार्ने औषधि छर्ने कार्य वडाहरुसगं समन्वय गरि भइरहेको छ भने बारुणयन्त्र शाखाको विशेष सक्रियतामा सेनेटाइजको कार्यलाई तिब्रता दिइएको छ ।
यसै गरी महानगरपालिकाको वडा नम्बर १९ र २४ को ग्रामिण टोलहरुमा पनिा वडा कार्यलयसंग समन्वय गरी बारुणयन्त्रद्धारा सेनेटाइज गरिएको छ । वार्ड न १९ मा रहेको बिन्दवासिनी र वार्ड न २४मा रहको रामगढवा र बहुअरीमा केमिकल पाउडर युक्त पानिद्धारा सेनिटाईज गरिएको छ । कोरोना रोग नियन्त्रणको लागी उपयुक्त रहेको स्टेवल ब्लिचिगं पाउडर पानिमा मिसाएर बारुणयन्त्रद्धारा सेनेटाइज भइरहको छ ।
महानगरपालिककाले विभिन्न वडाहरुमा चलाएको सेनेटाइज कार्यक्रम अन्तर्गत सोमबार साझसम्म १२लाख ५०हजार लिटर पानिमा ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनेटाइज भइसकेको महानगरपालिकाको सरसफाइ महाशाखाले जनाएको छ ।
वीरगन्ज महानगरपािलकाका मेयर बिजय कुमार सरावगीले कारोना रोग नियन्त्रण तथा यसको कारण लगाइएको लकडाउनबाट उत्पन्न सबै समाजिक एवम अर्थिक समास्याहरुको समाधानका लागी महानगरपालिका आफ्नो भूमिका सक्रिय रुपमा निर्वाह गरिहेको बताए ।उनले महानगरपालिका सधै जनताको साथमा रहेको बताउदै लकडाउन लागू भएकै दिन देखि त्यसबाट सिर्जित सबै समास्याहरुको समाधान क्रमिक रुपमा आरिदै आएको बताए ।
प्रतिक्रिया दिनुहोस