
काठमाडौं । विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ भन्ने समाचार आइरहेकोमा हाम्रो कम्पनी नेपाल कायाकल्प उद्योगको गंभिर ध्यानाकर्षण भएको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर नक्कली नभएको जानकारी गराउँन चाहान्छौँ । ’
उक्त उद्योगबाट विभिन्न कस्मेटिक सामाग्रीका उत्पादनका साथै इनस्टैण्ड हेण्ड स्यानिटाइजर रि प्याकिङ हुँदै आएको जनाएको छ ।
घरेलु तथा साना उद्योगमा दर्ता भएको उक्त कम्पनीले रि प्याकिङ गरेको सेनिटाइजरको लेबलमा प्रिण्ट त्रुटी भइ केही लेवलहरुमा इथानोल (ethanol) हुनुपर्नेमा (मिथानोल (methanol) भएको कारणले औषधी व्यवस्था विभागले परिक्षणका लागी प्रयोगशालामा लगेको छ ।
प्रिण्ट गलत भएपनि स्यानिटाइजरको गुणस्तरमा कुनै पनि फरक नभएकाले कोही पनि भ्रममा नपर्नु हुन अनुरोध गर्दछौँ ।
साथै कम्पनीले गरेको ल्याव परिक्षण रिपार्ट अनुसार इथायल अल्कोहल (ethyl alcohal) नै रहेको हुँदा यसको प्रयोगमा कुनै शंका नगर्नसमेत अनुरोध गरेको छ ।
लेवलमा प्रिण्ट त्रुटि भएका स्याम्पल हामीले बजारबाट उठाइरहेको जनाएको छ ।
साथै उद्योगले समाचारमा उल्लेख भएअनुसार कायाकल्प आवुर्वेद फर्माकी सञ्चालिका भनिएकी रिना ओझा पक्राउ भन्ने कुरा गलत रहेको जानकारी दिएको छ ।
ओझा फार्मेसीसँग सम्बन्धित व्यक्ति नै नभएको हुनाले पक्राउ परेको भन्ने आधारवाहिन तथ्य गलत रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस