aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाको संक्रमणबाट गम्भिर विरामी हुने ४८ हजारभन्दा बढी पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
कोरोनाको संक्रमणबाट गम्भिर विरामी हुने ४८ हजारभन्दा बढी पुगे

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण गम्भिर विरामी हुनेको संख्या पनि दैनिक जसो वृद्धि भइरहेको छ । बिहिबारसम्ममा ४८ हजार ७८ जनाको स्वास्थ्य अबस्था अझै गम्भिर अबस्थामा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

बिहीबारमात्रै अमेरिकामा एक हजार ८ सय ९७ जनाको मृत्यु भएको छ भने विश्वर मृत्युहुनेको संख्या ८८ हजार ४ सय ५ जना पुगेका छन् । त्यस्तै, संक्रमित हुनेको संख्या १५ लाख १३ हजार ३०४ जना पुगे । अमेरिकामा मात्र संक्रमित हुनेको संख्या ४ लाख ३० हजार २ सय ७१, स्पेनमा १ लाख ४८ हजार २२०, इटाली १ लाख ३९ हजार ४२२, जर्मन १ लाख १३ हजार २९६, फ्रान्स १ लाख १२ हजार ९५० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस