aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

औषधि पाएपछि ट्रम्पले 'थ्यांक क्यू' इण्डिया भने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
औषधि पाएपछि ट्रम्पले 'थ्यांक क्यू' इण्डिया भने

एजेन्सी । कोरोनाको भाइरससँग जुधेनका लागि आवश्यक पर्ने औषधि अमेरिकाले भारतबाट पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद भनेका छन् । 

भारतले हाइड्रोक्सीक्लोरोक्वाइन औषधि अमेरिका निर्यातका लागि अनुमति दिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई धन्यवाद दिएका हुन । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार आफ्नो ट्विटरमा लेखेका छन, ’राष्ट्रपति डोनाल्ड ट्रम्प, 'म तपाईंसँग पूर्ण सहमत छु । यस्तो समयले साथीहरूलाई नजिक ल्याउँछ । भारत(अमेरिका साझेदारी पहिलेभन्दा अझ बलियो बनेको छ ।' 

प्रतिक्रिया दिनुहोस