काठमाडौँ । कोरोनाको संक्रमणले मरिन्छ की भन्ने त्रासमा अहिले विश्वका सात अर्व भन्दा बढी मानिसहरू छन् । तर, यो भाइरसले संक्रमित हुने बित्तिकै मरिने होइन । विश्व स्वास्थ्य सङ्गठनले नै भनेको छ, कोरोना भाइरसको कारण मृत्यु हुनेको दर ३ दशमलव ४ प्रतिशत मात्रै हो ।
त्यसो त सुरुमा यसको मृत्यु दर २ प्रतिशत मात्रै हुने अनुमान थियो । पछि त्यो दर बढ्यो । बढ्नुको कारण अरू केही नभएर ८० वर्ष भन्दा बढी उमेर समूहका मानिसहरू यसका कारण बढी सङ्ख्यामा मृत्युको मुखमा पुगेर हो ।
अहिले कै तथ्याङ्क हेर्ने हो भने पनि देखिन्छ की कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएकामध्ये तीन लाख ३० हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । हालसम्म भाइरसको औषधी पत्ता लागेको छैन तथापि निको हुने मानिसको सङ्ख्या यो रूपमा देखिनुको अर्थ हो, यो भाइरस अत्ति कडा भाइरस होइन ।
यसबाट मृत्यु हुनेमा या त बढी उमेर समूहका वा दिर्घरोगीहरु देखिएका छन् । विशेषगरि मुटु सम्बन्धी रोग भएका मानिसहरुमा यसको बढी जोखिम देखिएको छ भने मधुमेह भएका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, उच्च रक्तचाप र क्यान्सरका पीडितहरू यसको कारण मृत्युको मुखमा पुगेका छन् ।
विश्वभर फैलिएको यो भाइरसबाट १५ लाख १८ हजार भन्दा बढी संक्रमित मध्ये तीन लाख ३० हजार एक हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन् । त्यस्तै ८८ हजार ५ सय ५ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै झन्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या १४ हजार ७ सय ९५ रहेका छन् । ४ लाख ३५ हजारभन्दा धेरैमा संक्रमणको पुष्टि भइसकेका छ ।
यता, इटालीमा एकै दिन ५४२ जनाको ज्यान गएको छ । हालसम्म इटालीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने १ लाख ३९ हजार भन्दा धेरै सङ्क्रमित रहेका छन् ।
त्यस्तै स्पेनमा एकै दिन ७४७ जनाको ज्यान गएको छ । हालसम्म स्पेनमा १४ हजार ७ सय ९२ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार भन्दा धेरै सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, फ्रान्समा पनि एकै दिन एक ५ सय ४१ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८ सय ६९ भएको छ । बेलायतमा ७ हजार भन्दा धेरैको ज्यान गएको छ भने जर्मनमा २ हजार भन्दा धेरैको ज्यान गएको छ । १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस