aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भायोनेटको डाटा चोरीको प्रयास, संकाष्पद इमेल र एसएमएस नखोल्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
भायोनेटको डाटा चोरीको प्रयास, संकाष्पद इमेल र एसएमएस नखोल्न आग्रह

काठमाडौं । भायानेट कम्यूनिकेशनको डाटामा चोरीको प्रयास भएको छ ।  व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको कम्पनीले जनाएको छ ।

डाटा उल्लंघनको श्रोत पहिचान गरि सकेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरको छ । प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका जनाएको छ ।

यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको चाँडै नै समाधान गर्न लागेको छ । कम्पनीले कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिन र गैर–प्रमाणित एवं शंकास्पत इमेल नखोल्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस