
नेपाल सरकारको निर्देशन अनुसार होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको जनाएको छ । होटलमा विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)द्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ ।
होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको जनाएको छ । कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ ।
यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् । ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको छ ।
प्रतिक्रिया दिनुहोस