aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोभिड उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
कोभिड उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग

काठमाडौं । ‘यती समूह’ ले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा  एक करोड रुपैयाँ सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद सहयोगको चेक हस्तान्तरण गरेको  कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
    
कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा पनि जोखिम बढेको अवस्थामा सरकारले जनताको जीवनरक्षाका लागि चालेको कदमलाई साथ दिनु राष्ट्रिय व्यावसायिक समूहको कर्तव्य हो भन्दै यती समूहका लगानीकर्ताका तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    
यती समूहले कोभिडका कारण व्यवसाय ठप्प हुनुका साथै अर्थतन्त्र ओरालो लागेको अवस्थामा व्यवसायभन्दा पनि देश र जनताका पक्षमा यती समूह अभिएको जनाउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । कम्पनीले महामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा आफ्नो तर्फबाट गरिएको सानो सहयोग फलदायी हुने पनि विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस