
बेलायत । कोरोना भाइरसबाट सबै भन्दा बढि ८० बर्ष उमेर माथिका ज्येष्ठ नागरिक प्रभावित भएका छन्, यो कुरा केही हदसम्म स्पष्ट भइसकेको छ । तर १०१ वर्षका कीथ वाटसन कोरोना भाइरसलाई हराउन सफल रहे ।
बेलायतको वोरसेस्टरशायरमा बस्ने कीथलाई शल्यक्रियाका लागि अस्पतामा भर्ना गरिएको थियो तर त्यहाँ उनलाई उच्च ज्वरो आयो । कोरोनाको परीक्षण गर्दा पेजेटिभ आयो ।
उनकी बुहारी जो वाटसन भन्छिन्, ‘उनी यो उमेरमा पनि कमालका छन् ।’ कीथ निको भएपछि जब उनलाई डिस्चर्ज गरियो तब उनीसँग अस्पतालका डाक्टर नर्सले फोटो खिचाए । उक्त तस्बिर अस्पतालले आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको छ ।
उक्त तस्बिरमा आठ सय बढी कमेन्ट आइसकेको छन् । यो ६ हजार बढी पटक सेयर भइसकेको छ । बीबीसीसँगको कुराकानीमा जो वाटसनले कीथ निको भइरहेको र उनले बुधबार अस्पतालबाट छुट्टी पाएका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस