
काठमाडौं । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट २४ घण्टामै ७ हजार बढिकोको ज्यान गएको छ । विश्वका करिब एक लाख नयाँ संक्रमित भएका छन् । बिहिबार १५ लाख १८ हजार संक्रमित रहेकोमा शुक्रबारसम्म संक्रमितको संख्या १६ लाख नाघेको छ ।
वल्डो मिटर डट इनफोका अनुसार शुक्रबारसम्म विश्वभरि १६ लाख ४ हजार ९५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । अमेरिकामा मात्रै ४ लाख ६८ हजार संक्रमित रहेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा एक ९ सय जना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा मृतकको संख्या १६ हजार ६९७ पुगेको छ ।
स्पेनमा भने संक्रमितको संख्या साढे एक लाख पुगेका छन् भने मृतकको संख्या १५ हजार ४४७ पुगेको छ । त्यस्तै, इटालीमा १ लाख ४३ हजारभन्दा बढि रहेको छ भने १८ हजार २७९ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, फ्रान्समा १ लाख १७ हजार भन्दा बढि संक्रमित रहेका छन् भने १२ हजार २१० जनाले ज्यान गुमाईसकेका छन् । यता, बेलायतमा ६५ हजार भ्नदा बढि संक्रमित छन् भने झण्डै ८ हजारले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस