
एजेन्सी । बलिउड सेलिब्रुेटीहरुले विश्वमा नै फैलिएको महामारीबाट भारतलाई बचाउनका लागि सहयोग गरिरहेका छन् । अक्षय कुमारले पहिले नै प्रधानमन्त्री कोरोना केयर्स कोषलाई २५ करोड भारु सहयोग गरिसकेका छन्। उनले फेरि बृहन्मुंबई म्युनिसिपल कर्पोरेसन (बीएमसी) लाई उदारता देखाउँदै ३ करोड भारु सहयोग गरेका छन । अक्षय कुमारले बीएमसीलाई मास्क, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), द्रुत परीक्षण किट र अन्य मेडिकल किट्सको व्यवस्था गर्न ३ करोड सहयोग गरेको हुन।
बिहीबार, अक्षयले एक भिडियो शेयर गर्दै हाम्रो सुरक्षाको लागि बाहिर काम गरिरहेका प्रत्येक व्यक्तिलाई धन्यवाद दिएको बताएका छन। उनले एउटा भिडियो मार्फत मुम्बई पुलिसका एक अर्का साथीसँग गरेको कुराकानीको उल्लेख गरेका छन। अक्षयले भने, 'पुलिसको काम गरिरहेका उनका साथी अब उनको घरमा जान डराउँछन् किनकी उनहरुको परिवारको कुनै सदस्य कोरोना भाइरस संक्रमणको कारण संक्रमित हुन सक्छन। तिनीहरू दिनभर सडक र चौरमा घुम्छन्, धेरै व्यक्तिलाई भेट्छन्।'
प्रतिक्रिया दिनुहोस