aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआरएनएले पठाएका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
एनआरएनएले पठाएका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

 काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई सहयोगस्वरुप प्रदान गरेका स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुगेको छ।

एनआरएनए कोरियाले सोलमा खरिद गरेका ४ हजार थान टेस्ट किट र ५०० पीपीइ  शुक्रबार कोरियन एयरको उडानबाट काठमाडौं आइपुगेको हो ।

‘कोरियन एयरको उडान न‌ं केइ ९६९५ केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

 ४ हजार थान टेस्ट किटले ४० हजारको कोरोना परीक्षण गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस