
यमन । कोरोनाको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो ।
यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देश हो । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औंलोसहित केहि रोगका विरामी यमनमा पहिलेदेखि नै छन् ।
तर वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य सुविधा लगभग नभएको भन्दै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस